Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झलनाथ खनाल भन्छन्- निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ


    बिहिबार, चैत्र १७ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

    बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा उनले देशमा चुनौती नै चुनौती रहेको र हाम्रा विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले नयाँ ढंगले जानुपर्ने बताए ।

    लोकतन्त्र र संविधानको रक्षाका लागि चुनौतीको सामना गरेर आफूहरू अगाडि बढिरहेको खनालले बताए । 

    निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा आमजनतासामु रहेको उनले बताए । नेपाली समाजलाई स्थायित्वतिर लग्नुपर्ने बताउँदै खनालले संविधानको रक्षा र उपलब्धीको रक्षाको जिम्मेवारी दलहरूमा रहेको बताए ।

    खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरे ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार