Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनमा एमाले उपाध्यक्ष नेम्वाङकाे टिप्पणी- लाेकतन्त्रकाे मूल्य र मान्यतालाई ध्यानदिनुपर्छ


    बिहिबार, चैत्र १७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन् ।

    रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहीबार नेम्वाङले यहीलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वभाविक रहेको बताए ।

    तर, गठबन्धन गर्दा लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा भएन भने पछि दुख पाइने उनले बताए ।

    ‘गठबन्धनका कुराहरु आउछन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा हुनुपर्छ । त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी  गर्दिन,’ उनले भने, ‘पछि सम्बन्धित मित्रहरुले दुख पाउनुहुन्छ ।’

    उनले प्रतिस्पर्धाका बाबजुत सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार