Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • लोकसेवा आयोगद्वारा तीन डीआईजीको बढुवा सिफारिस सदर, भोलि नै एआइजीमा बढुवा गरी फुली लगाउने तयारी


    बुधबार, चैत्र १६ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकसेवा आयोगले तीन डीआइजीलाई एआइजीमा बढुवा सिफारिस गर्ने निर्णय सदर गरेको छ । गृहमन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा समितिले गरेको निर्णय लोकसेवा आयोगले आज सदर गरेपछि अब एआइजी बढुवा गर्ने बाटो खुलेको छ ।

    संभवतः भोलि बस्ने मन्त्रिपरिषदको बैठकले तीन डीआइजीलाई एआइजीमा बढुवा गर्नेछ । र, उनीहरुले भोलि नै दज्र्यानी चिह्न पनि लाउनेछन् ।

    बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । जुन निर्णयबिरुद्ध बरिष्ठ डीआइजीहरु घनश्याम अर्याल, इश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए । अर्यालसहितका तीन डीआइजीले वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै आयोगमा उजुरी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार