Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले जनसभाको प्रचार–प्रसारमा सांस्कृतिक र्‍याली


    बुधबार, चैत्र १६ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ । आगामी १९ चैतमा खोटाङको दिक्तेलबजारमा हुने एमालेको जनसभाको प्रचार–प्रसारमा सांस्कृतिक र्‍याली निकालिएको छ । 

    पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनसभाको प्रचार–प्रसारमा राष्ट्रिय सांस्कृतिक महासंघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले एमाले नेताको सहभागितामा बुधबार दिक्तेलबजारमा संयुक्त सांस्कृतिक र्‍याली निकालेको हो । 

    पुष्पलाल स्मृति भवनबाट सुरु गरिएको सांस्कृतिक र्‍याली भवनगैरा, त्रिवेणीचोक हुँदै हाटडाँडा पुगेर रत्नपार्क जिरोप्वाइन्टमा पुगेर समापन गरिएको थियो । 

    सांस्कृतिक र्‍यालीमा एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराई, एमाले केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, दिक्तेल नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्य लगायत सहभागी भएका थिए । जनसभालाई बृहत् बनाउनका लागि एमालेले ‘जन–जनमा एमाले, समृद्धिका लागि जिताउँछु एमाले’ भन्ने मूल नारासहित प्रचार–प्रसार अभियान सञ्चालन गरिरहेको छ । 

    अध्यक्ष ओली हेलिकोप्टरमार्फत हलेसीमा आउने र हलेसीबाट गाडी चढेर दिक्तेलको जनसभालाई सम्बोधन गर्न पुग्ने एमालेले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार