Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपन्देहीको ओमसतीयाका २४ जनालाई जग्गाधनी पुर्जा


    बुधबार, चैत्र १६ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । रुपन्देहीको ओमसतीया गाउँपालिका-२ करबलाका २४ घरधुरीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । लामो समयदेखि भूमि नपाएका उक्त गाउँका २४ जनालाई बुधबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लालपुर्जा वितरण गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले यस पटक छुटेका अन्य भूमिहीनलाई समेत छिट्टै लालपुर्जा वितरणको लागि पहल गरिने बताए । उनले जिल्लामा रहेका अन्य भूमिहीनलाई भूमि लाउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न कांग्रेसले पहिलो प्राथमिकता दिएको बताए । 

    रुपन्देहीमा अहिले भूमिहीनको विवरण सकंलन र जग्गा नापजाँच भइरहेको भन्दै छिट्टै सबै भूमिहीनलाई भूमिको व्यवस्थापन गरिने उनले बताए । जिल्लामा राष्ट्रिय भूमि आयोग रुपन्देहीले जग्गा नापजाँच गरिरहेको छ ।

    त्यस्तै नेता खाणले जन्मसिद्ध नागरिकतामा देखिएको समस्या समाधानका लागिसमेत पहल गर्ने बताए । उक्त वडाका वडाध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको संघर्षपछि भूमिहीनलाई भूमि दिलाउन सफल भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार