कपिलवस्तु । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चात्ताप गर्नुपर्ने सिवाय केही नहुने बताएका छन् ।
अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गरे । कपिलवस्तुको वाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त दाबी गरेका हुन् ।
कांग्रेस, एमाले र माओवादीले पटक-पटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाई छ ।
देशका प्रमुख राजनीतिक दललाई अध्यक्ष लिङ्देनले देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौतीसमेत दिएका छन् । अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई थप बरबादीको दिशातर्फ धकेल्ने काम हुने बताए ।
स्थानीय तहको निर्वाचन नजिकिएको गर्दा उनले राप्रपाका उम्मेदवारलाई जिताउन अपिलसमेत गरेका छन् । राप्रपामा प्रवेश गर्नेलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले जनताका लागि अहित हुने कुनै पनि काम नगर्ने बताउँदै राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।
एमसीसीतर्फ इंगित गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दलका नेतृत्वको केटाकेटीपनले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुमेको बताउँदै देशमा विदेशी शक्ति राष्ट्र रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको बताए ।
कार्यक्रममा अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवं नेपालगंज उप–महानगरपालिका मेयर डा. धवल शम्शेर राणा, वरिष्ठ नेता दीपक बोहरा, पूर्व आइजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयसहितका नेताले सम्बोधन गरेका राप्रपाका केन्द्रीय सदस्य ध्रुव रायमाझीले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend