Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारमा सहभागिताबारे छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा


    बुधबार, चैत्र १६ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । 

    अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।  

     पछिल्लो समय सरकारमा सहभागीता बारे लोसपाले  प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ ।  तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् । बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो । 

    आजको बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले बोल्दै सरकारमा सहभागी हुने र कांग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार