Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर मेयर कप क्रिकेट: उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने


    बुधबार, चैत्र १६ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवनमा जारी ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने भएका छन् । बुधबार भएको खेलमा लगातार दोस्रो जित हात पार्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । 

    नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी प्रतियोगितामा मकवानपुरले चितवनलाई ४४ रनले पराजित गरेको हो । २२२ रनको लक्ष्य पछ्याएको चितवन ३३.४ ओभरमा १७७ रन बनाउँदै अलआउट भएपछि मकवानपुर उपाधि नजिक पुगेको हो । चितवनका लागि विकल गुप्ताले सर्वाधिक ४८ रन बनाए भने स्वप्निल अधिकारीले ३४ रन बनाए ।  

    मकवानपुरका लागि रिजन ढकालले ३, रामनरेश गिरी, असिम श्रेष्ठ र विपुल खनालले समान २÷२ विकेट लिए भने शुब कंशकारले एक विकेट लिए ।
    खेलमा मकवानपुरका रामनरेश गिरी प्लेयर अफ दि म्याच चुनिए । 

    यसअघि टस हारेर पहिले व्याटिङ गरेको मकवानपुरले ४१.१ ओभरमा २२१ रन बनाउँदै अलआउट भयो । उसका लागि शुभ कंशकारले ४१, विशाल फुयालले ३६, आकाश घिमिरेले ३१ र रामनरेश गिरीले २५ रन बनाए ।  

    चितवनका लागि गौतम केसीले ३, प्रशान्त महत, कृजन गुरुङ र संघर्ष पौडेलले समान २/२ विकेट लिए भने दिपेश श्रेष्ठले एक विकेट लिए । 
    यसअघि पहिलो खेलमा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । चितवन भने मकवानपुर र नवलपुरसंग पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल बिहीबार विहान ९ बजे हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार