Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेट वरियता: कुशलको दुई स्थान सुधार, सन्दीपको एक स्थान खस्कियो


    बुधबार, चैत्र १६ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आइसिसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् ।

    आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा कुशल २९औं स्थानमा उक्लिए । कुशल पछिल्लो हप्ता वरीयताको ३१औं स्थानमा थिए । यस्तै, वरीयताको शीर्ष १०० भित्र रहेका अर्का ब्याटर दीपेन्द्रसिंह ऐरी भने पुरानै वरीयतामा यथावत् छन् । दीपेन्द्र वरीयताको ५१औं स्थानमा छन् ।

    वरीयताको शीर्ष स्थानमा भने पाकिस्तानका कप्तान बाबर आजम र दोस्रो स्थानमा पाकिस्तान कै अर्का ब्याटर मोहम्मद रिजवान यथावत् छन् । यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका आइदेन मार्करम, चौथोमा इङ्ल्यान्डका डेविड मलान र पाँचौँ स्थानमा न्युजिल्यान्डका डेविड कोनवे छन् ।

    यस्तै, टी–२० को बलिङ वरीयतामा भने नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । नयाँ वरीयतामा सन्दीप ३७औं स्थानमा छन् । टी–२० वरीयतामा अटाएका नेपालका अर्का बलर अविनाश बोहरा ८१औं स्थानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार