Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछाने भन्छन्- चारै खेल जितेर उपाधि हात पार्ने योजना छ


    बुधबार, चैत्र १६ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् ।

    त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ ।

    ‘सबैले राम्रो खेलेर जित निस्कियो । चारै खेल जितेर फाइनल जित्ने योजना छ । अझै पनि हामी फाइनल पुगेको छैनौं । अझै एक खेल बाँकी छ । आज बलरलाई क्रेडिट जान्छ । पहिलो बलमै विकेट लिनु राम्रो हो,’ लामिछानेले भने ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक पुगेको हो ।
    मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार