Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यसरी पक्राउ परे सितापाइला हत्याकाण्डका मुख्य अभियुक्त


    सोमबार, असार २९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । करिब १४ वर्ष भन्दा पहिले सितापाइलामा भएकाे एउटा विभत्स हत्याकाण्डका मुख्य अभियुक्त अन्ततः प्रहरीको फन्दामा परेका छन् ।

    सो घटनामा ४५ वर्षिय नातिकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षिय सानु सुवेदीको हत्या भएको थियो । सितापाइलामा रहेको कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट बस्ने ती दम्पतीको ०६३ पौष २० गते हत्या भएको थियो । घटनामा उनका छाेरा विलभ सुवेदी पनि घाइते भएका थिए । 

    सुवेदीको मिलमा काम गर्ने सर्लाहीका जयकिशोर साह उर्फ जेके र उनका सहयोगी बाँके, कञ्चनपुरका प्रताप रानाले मिलेर सुवेदी दम्पतीको हत्या गरेका थिए । हत्या लगत्तै राना र साह फरार थिए ।

    साहलाई भने केन्द्रीय अनुसन्धान ब्यूरोले बाँके जिल्लाको भारतसँग जोडिएको सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय गरी सुराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत आदि बिधि अपनाएर सुवेदी दम्पती हत्याका मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंका प्रवक्ता बेलबहादुर पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    प्रहरीका अनुसार उनीहरुले आफैले काम गरिरहेको मिलका मालिकले काम बिगारेकोमा गाली गरेको विषयलाई लिएर सोको बदला लिन सुवेदी, उनकी श्रीमती र छोरालाई धारिलो हतियारले आक्रमण गरेका थिए।

    ‘आक्रमण गर्ने दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनऊ गई दुई वर्षसम्म सँगै बसेको र प्रताप राना त्यसपछि अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाई पहिचान समेत बदली बसीआएका थिए,’ प्रहरीले भनेको छ।

    ब्यूरोले यो हत्याकाण्डलाई प्राथमिकतामा राखी निरन्तर छानबिन गरेको बताएको छ।

    ‘उक्त घट्नामा गम्भीर घाइते भइ बाँच्न सफल विलभ सुवेदीसँग निरन्तर सम्पर्क र सूचनाको सहयोग समेतका आधारमा अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय गरी सुराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत आदि भई अन्ततः सुवेदी दम्पती हत्याका मख्य अभियुक्तसम्म पुग्न र निजलाइए पक्राउ गर्न सीआईबी सफल भएको र फरार रहेका अर्का अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरी कारवाहीको दायरामा ल्याई पीडित परिवारलाई न्यायको प्रत्याभुती दिलाउने कार्यमा कुनै कसर बाँकी नराखिने व्यहोरो सुचित गरिन्छ,’ ब्यूरोले विज्ञप्तिमा उल्लेख गरेकाे छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार