काठमाडौं । डीटीएच अपरेटरहरूले भारतीय न्यूज च्यानमामाथिकाे प्रतिबन्ध हटाएका छन् । तर अझै चार वटा भारतीय च्यानल भने बन्द नै छन् । यसरी बन्द रहेकामा जी–न्यूज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज रहेकाे बताइएकाे छ ।
डीटीएच अपरेटरहरूले केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने भएकाले अन्य च्यानल खाेल्ने निर्णय गरेकाे जनाएका छन् । आइतबार डीटीएच अपरेटरहरूको बैठकले यस्ताे निर्णय गरेकाे बताइएकाे छ ।
आइतबार रातिदेखि भारतीय न्यूज च्यानलकाे प्रतिबन्ध हटिसकेकाे छ ।
यसअघि भारतीय न्यूज च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल बारे घृणा फेलिने सामग्री प्रशारण गरेकाे थियाे । नेपालमा यसकाे तीव्र विराेध भएपछि डीटीएच अपरेटरहरूले स्वस्फूर्त रुपमा भारतीय न्यूज च्यानमामाथि प्रतिबन्ध लगाएका थिए ।