बुटवल । लगातार आएको बर्षाका कारण बढेको खोलाले बगाएर अर्घाखाँची, प्युठान र दाङमा एक–एकजना गरी तीन जनाको मृत्यु भएको छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ बेलाउतेस्थित राप्ती नदी तर्ने क्रममा प्युठान मल्लरानी गाउँपालिका ५ खैरा बस्ने बर्ष २७ को दीपक रोकालाई खोलाले बगाएर मृत्यु भएको हो ।
उनको शब आइतबार दिउँसो दाङको सिसनियाको बगरमा फेला परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
यस्तै प्युठानको मल्लरानी गाउँपालिका ५ बेलडाडाका २७ वर्षका दीपक थापा झिमरुक खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकामा आइतबार दिउँसो दाङको गढवा गाउँपालिका २ महदेवामा राप्ती नदीको पक्कीपुल मुनि शब फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका ६५ वर्षका कालिचरण चौधरीलाई बबई नदीले बगाउँदा मृत्यु भएको र आइतबार शव फेला परेको प्रवक्ता बैदवारले जानकारी दिए ।