Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मालपोत कार्यालयका प्रमुखसहित ५ जनाबिरुद्ध मुद्दा दायर


    आइतबार, असार २८ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कपिलवस्तु मालपोत कार्यालयका प्रम्ुख रेशमबहादुर थापा क्षेत्रीसहित ५ जनाबिरुद्ध गलत लिखत तयार गरी सरकारी बाटो कायम भएको हिनामिना गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    शिवराज नगरपालिका वडा नं ५ (साविक भगवानपुर वडा नं ५ (क) को कित्ता नं. ९४ को जग्गा बाटो कायम रहेको, उक्त जग्गा साविक विरपुर ९) मतिबुल हसन खाँले हालैको बकसपत्रमार्फत् आफ्नो श्रीमतीको नाममा नामसारी गरी बिक्री वितरण हुँदै हाल साविक कृष्णनगर गा.वि.स. वडा नं. ३ बस्ने व्यक्तिको नाममा कायम भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सरकारी सम्पत्ति हिनामिनामा संलग्न मालपोत कार्यालय कपिलवस्तुमा कार्यरत तत्कालीन कार्यालय प्रमुख मालपोत अधिकृत रेशमबहादुर थापा क्षेत्री, नासु मोदनाथ पौडेल, रजिष्ट्रेशन फाँटका खरिदार बद्रिनाथ रेग्मी, मोठफाँटका खरिदार बालकृष्ण अर्यालबिरुद्ध मुद्दा दायर गरेको छ ।

    मालपोत कार्यालय तौलिहवा कपिलवस्तुबाट रजिष्ट्रेशन नं. २५८१ मिति २०४७ पुस २९ को हालैको बकसपत्रको लिखत सम्बन्धमा नापी कार्यालय तौलिहवा तथा मालपोत कार्यालय तौलिहवा कपिलवस्तुमार्फत् प्राप्त फिल्डबुक उतारबमोजिम साविक भगवानपुर वडा नं ५ को कित्ता नं. ९४ को जग्गा हालैको वकसपत्रले मतिबुल हसन खाँबाट निजको श्रीमतीको नाममा र त्यसपश्चात अर्कोे व्यक्तिको नाममा आएको देखियो ।

    यसरी गलत लिखत तयार गर्ने कार्यमा संलग्न रही सार्वजनिक सम्पत्तिको हिनामिना, हानीनोक्सानी र मास्ने बदनियतले उक्त कार्य गरेको र मतिबुल हसन खाँलाई २०४७ पुस २९ मा उक्त लिखत पारित गर्दा जग्गाको मूल्य खुल्ने रकम रु. २८ हजार ३ सय बराबरको गैरकानूनी लाभ पुर्याउने र सार्वजनिक सम्पत्तिको हिनामिना र दुरुपयोग गर्ने कार्य गरेको प्रमाणित हुन आएको अख्तियारले ठहर गरेको छ । र, उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ९ र ऐ. ऐनको दफा १३ बमोजमको भ्रष्टाचारजन्य कसुर भएको र सो कसुरलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ऐ।ऐन को दफा १७ ले समेत उक्त कसुरको निरन्तरता दिएको देखिंदा रेशमबहादुर थापाक्षेत्री सहितका ५ जनाउपर साविक भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरेको जनाएको छ ।

    जिल्ला शिवराज नगरपालिका वडा नं. ५ पर्सिया बस्ने मतिबुल हसन खाँले मालपोत कार्यालय तौलिहवा कपिलवस्तुको कर्मचारीको मिलेमतोमा सार्वजनिक बाटो कायम भएको जग्गा गैरकानूनी लाभ लिने उद्देश्यले आफ्नो श्रीमतीको नाममा हालैको बकसपत्रमार्फत् कर्मचारीहरुको मिलेमतोमा गलत लिखत तयार गरी हक हस्तानान्तरण गरी सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी गरेको देखिन आएकाले खाँबिरुद्ध पनि मुद्दा दायर गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार