Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • मिर्गौला काराेबारमा चिकित्सदेखि जनप्रतिनिधिसम्म संलग्‍न, १२ जना पक्राउ


    आइतबार, असार २८ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मिर्गौला बेचबिखनकाे आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

    प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले आइतबार नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

    अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

    पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। उनीहरूबारे प्रहरीले विस्तृत विवरणका लागि अहिले पत्रकार सम्मेलन गरिरहेको छ।

    पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष हुन्। ललितपुर महानगरका एक वडाध्यक्ष पक्राउ परेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार