काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार पनि ६ नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना र ललितपुरमा एक जना कोरोना संक्रमित थपिएका हुन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा २ र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएहो हो।
पछिल्लाे २४ घण्टामा देशभर ८२ जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ जना पुगेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ४७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ८ हजार ५ सय ८९ पुगेकाे छ ।