काठमाडौं । निर्वाचन आयाेगले नयाँ दर्ता भएकाे जनता समाजवादी पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएकाे छ । मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले याे सँगै एकीकृत दलकाे वैधानिकता पाएको छ । जसपाको दर्ता नम्बर १५९ रहेकाे छ ।
वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएको थियो । जसपाले जेठ २५ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
पार्टीले आयोगमा बुझाएको नामअनुसार महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहेका छन् भने ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ।
जसपा आयोगमा दर्ता भएसँगै संसदीय दल पनि अब एउटै हुनेछ । निर्वाचन आयोगले संसदमा रहेका दुई दल एक भएको प्रमाणपत्र पाइसकेकाले याे सूचना आयोगले राजपत्रमा प्रकाशित गर्नेछ । निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशित गरेपछि संसदीय दललाई पत्र पठाउने बताइएकाे छ ।
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend