काठमाडौं । निर्वाचन आयाेगले नयाँ दर्ता भएकाे जनता समाजवादी पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएकाे छ । मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले याे सँगै एकीकृत दलकाे वैधानिकता पाएको छ । जसपाको दर्ता नम्बर १५९ रहेकाे छ ।
वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएको थियो । जसपाले जेठ २५ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
पार्टीले आयोगमा बुझाएको नामअनुसार महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहेका छन् भने ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ।
जसपा आयोगमा दर्ता भएसँगै संसदीय दल पनि अब एउटै हुनेछ । निर्वाचन आयोगले संसदमा रहेका दुई दल एक भएको प्रमाणपत्र पाइसकेकाले याे सूचना आयोगले राजपत्रमा प्रकाशित गर्नेछ । निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशित गरेपछि संसदीय दललाई पत्र पठाउने बताइएकाे छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend