Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चर्चित भारतीय सिने अभिनेता अमिताभ र अभिषेक बचनमा कोरोना संक्रमण


    आइतबार, असार २८ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो ।
    ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।
    तर उहाँका छोरो अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जानकारी दिनुभएको छ ।
    उहाँहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उहाँमा सामान्य खालको लक्षण देखिएको जनाउनु भएको छ । अमिताभले उहाँसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ । बीबीसी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार