Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोह्र अन्तराष्ट्रिय उडान : एक हजार ४१४ नेपाली फर्किए


    शनिबार, असार २७ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्स बहराइन र नारिता प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम, क्वालालम्पुर र फिलिपिन्सको मनिलाबाट यात्रु ल्याउन गन्तव्यतर्फ उडेको विमानस्थलले जनाएको छ ।

    त्यसैगरी फ्लाई दुबईले दुबईबाट १७२, एयर अरेबियाले सारजाहाबाट १६१, जजिरा एयरले कुवेतबाट १६०, इतिहाद एयरले अबुधाबीबाट १४० र टर्किस एयरलाइन्सले इस्तान्बुलबाट ३३ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले छ उडानमार्फत बहराइन, नारिता, दममाम, मनिला, क्वालालम्पुर र दुबईबाट नेपाली ल्याउने विमानस्थलको कार्यतालिका छ ।

    आज आन्तरिकतर्फ विभिन्न एयरलाइन्सले १० चार्टर्ड उडान गरेका छन् । मनाङ एयरले लुक्लामा एक उडान, सिम्रिक एयरले बुटवलमा दुई उडान, एयर डाइनेष्टीले धादिङमा दुई उडान, कैलशा हेलिकप्टरले तातोपानीमा दुई उडान र प्रभु हेलिकप्टरले पोखरामा दुई चार्टर्ड उडान गरेका छन् । रासस 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार