Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेनाकाे कारण नेपालमा ३८ जनाले गुमाए ज्यान


    शनिबार, असार २७ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लाे समय नेपालमा काेराेनाकाे महामारी बढिरहेकाे छ । महामारी बढेसँगै नेपालमा मृतककाे संख्या पनि ह्वात्तै बढेकाे छ । शनिबारसम्म नेपालमा काेराेनाकै कारण ज्यान गुमाउनेकाे संख्या ३८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा काठमाडौं गोकर्णेश्वर-४  का ५४ वर्षीय पुरुष, बानेश्वर-१० का ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकका ४५ वर्षीय पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे। 

    नेपालमा शनिबारसम्ममा काेराेना संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको छ। ती मध्ये  ८ हजार ४ सय ४२ जना संक्रमण मुक्त भइ डिस्चार्ज समेत भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार