काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर ७० जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको छ।
यस्तैगरी थप ३ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा काठमाडौं गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुष, बानेश्वर-१० का ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकका ४५ वर्षीय पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गाैतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा ४ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ८ हजार ४ सय ४२ पुगेकाे छ ।
हाल ८ हजार २ सय ३९ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २४ हजार ९७ जना क्वारेन्टिनमा छन्।