काठमाडौं। बालाजु प्रहरी वृत्त मुद्धा शाखाका एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण देखिएको छ ।महानगरीय प्रहरी वृत्त बालाजुमा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षकसहित ५६ जनाको असार २४ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा पिसिआर परीक्षण गरिएको थियो ।
५६ जनाको परीक्षण गर्दा मुद्धा शाखाका एक प्रहरी निरीक्षकको रिपोर्ट असार २६ गते पोजिटिभ आएको हो । हाल एपीफ हस्पिटल बलम्बुको आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
५४ वर्षिय प्रहरी निरीक्षकको स्थायी घर गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं। ८ हो । हाल काठमाडौंं जिल्ला, टोखा नगरपालिका वडा नं ११ मा बस्ने प्रहरी निरीक्षकमा कोरोना पोजेटिभ देखिएको हो।