Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतारबाट आएका यात्रुलाई सिधै लगियो खरिपाटी क्वारेन्टाइनमा


    शनिबार, असार २७ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । शुक्रबार कतारबाट फर्किएका एक बालिका र ६ महिलासहित १ सय ४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ। 

    कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

    हाल विदेशबाट फर्किएका यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिन्छ। तर एउटै विमानमा आएका केहीलाई कोरोना भाइरसको संक्रमण हुने सम्भावना देखिएपछि उनीहरुलाई भने सिधै क्वारेन्टाइन लगिएको हो।

    क्वारेन्टाइनमा लगिएका सबैजनाको  पिसिआर परीक्षणको तयारी भइरहेको पाण्डेले बताइन्। (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार