Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय च्यानल प्रसारण बन्द गरेकोमा केबललाई मन्त्रालयको धन्यवाद


    शुक्रबार, असार २६ २०७७
    3.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । केही भारतीय संचार माध्यमबाट नेपाल र प्रधानमन्त्री केपी ओलीको नाम जोडेर प्रकाशित प्रसारित भ्रामक समाचारप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

    मन्त्रालयका प्रबक्ता ऋषिराम तिवारीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त यस्ता सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुन जरुरी छ।

    आमसञ्चार माध्यमहरुले समाचार प्रकाशन र प्रसारण गर्दा सत्य, तथ्य र बस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिवद्ध हुनेपर्ने मन्त्रालयको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ ।

    नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

    आगामी दिनमा समेत सरोकारवालाहरुबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्ने र गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा मन्त्रालय विश्वास व्यक्त गरेको छ । विहीबार कतिपय केवल टेलिभिजन सेवा प्रदायकले भारतीय टेलिभिजनको प्रसारण बन्द गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार