Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ज्यान मार्ने उद्योग र सार्वजनिक हितबिरुद्ध कसुर मुद्दामा फरार अभियुक्त एक वर्षपछि पक्राउ


    शुक्रबार, असार २६ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    कैलाली । ज्यान मार्ने उद्योग र सार्वजनिक हितबिरुद्ध कसुर मुद्दामा फरार भएका अभियुक्त १ वर्षपछि पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नं. १ घर भई हाल धनगढी बस्दै आइरहेका २१ वर्षीय जेनसिंह ठकुरीलाई प्रक्राउ गरेको हो।

    उनलाई बिहीबार खोजतलास गर्ने क्रममै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

    प्रक्राउ परेका फरार अभियुक्तले एक वर्षअघि जिल्लाको चुरे गाउँपालिका वडा नं. १ का भोजबहादुर बमलाई धनगढीको एक बारमा बियरको बोत्तलले टाउकोमा हानेर गम्भीर घाइते बनाएका थिए।

    भारत लखिमपुर खिरी बस्ने सल्मान सेलमानीलाई समेत गालीगलौज तथा अभद्र व्यवहार गरेको उनीमाथि आरोप लागेको छ।

    उनी बिरुद्ध ज्यान मार्ने उद्योग र सार्वजनिक हितबिरुद्धको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि उनी फरार थिए।

    प्रहरीले ती अभियुक्तलाई पक्राउ गरेसँगै अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

    उनीविरुद्ध दर्ता भएको सार्वजनिक हित बिरुद्दको कसुर मुद्दामा जिल्ला प्रशासनबाट म्याद थप भएर अनुसन्धान भइरहेको छ।

    यस्तै ज्यान मार्ने उद्योग सम्वन्धमा थप अनुसन्धान गरी उनलाई छिट्टै अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक विष्टले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार