काठमाडौं । माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारी आइपीओ बिक्री गर्न अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि बराबर १९ लाख ६८ हजार २७ कित्ताका दर आइपीओ बिक्री गर्न लागिएको हो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।
आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेकाे छ ।