Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साझा यातायातले तत्काल सेवा नदिने


    शुक्रबार, असार २६ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएतापनि साझा यातायातले तुरुन्तै सेवा नदिने भएको छ ।

    साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयका अनुसार बस चलाउनेबारे छलफल सुरु भएको तर मिति तोक्न बाँकी रहेको छ । उनले सेवा सुरु गर्नुअघि कर्मचारीलाई बोलाउनु पर्ने बताए। केही कर्मचारी उपत्यका बाहिर रहेकाले साझालाई सेवा थालिहाल्न समस्या भएको छ ।

    ३ महिना थन्किएका धेरैजसो बस मर्मत गर्नुपर्ने उनले बताए । ‘सरकारले तोकेको मापदण्डअनुसार व्यवस्थापनको काम पनि गर्नुपर्नेछ,’ पाण्डेयले भने, ‘सबै तयारी सकेर सुरक्षित रुपमा बस चलाउँछौं ।’

    बसलाई सुरक्षित बनाउने सामग्रीको व्यवस्थादेखि चालक सहचालकलाई पनि प्रशिक्षित गर्नुपर्छ । बसभित्र यात्रु बस्ने सिटमा चिह्न लगाउने लगायतका काम गर्नुपर्ने पाण्डेयले बताए ।

    हाल साझाले करिब ७० वटा बस काठमाडौं उपत्यकाभित्रका विभिन्न रुटमा चलाउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार