काठमाडौं । नेपालका ७७ जिल्लामा नै काेराेना संक्रमण फेलिएपनि पछिल्लाे समय संक्रमण मुक्त हुने क्रम जारी छ । शुक्रबारसम्ममा नेलालका ६ जिल्ला काेराेना संक्रमण मुक्त भइसकेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनामुक्त भएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला छन् ।
यस्तैगरी जिल्लाभर ५ सयभन्दा सक्रिय संक्रमित रहेको जिल्लामा महोत्तरी, रौतहत, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सदूरपश्चिम प्रदेशमा ३ जना रहेका छन् ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार नेपालमा कोरोना भाइरसका १ सय १८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म संक्रमितको कूल संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।