Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा ४२ सहित काेराेनाका १ सय १८ संक्रमित थपिए, डिस्चार्ज भए १२० जना


    शुक्रबार, असार २६ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार नेपालमा कोरोना भाइरसका १ सय १८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आजसम्म संक्रमितको कूल संख्या १६ हजार ६ सय ४९ पुगेको छ । काठमाडाैं उपत्यकामा मात्रै ४२ जना संक्रमित भेटिएका छन् ।

    देशका विभिन्‍न प्रयाेगशालामा पछिल्लाे २४ घण्टामा ४ हजार ८ सय ६ वटा पीसीआर परीक्षण गरिएको छ ।

    त्यस्तै आज १ सय २० जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ११ पुगेको छ ।

    हालसम्म देशभरका क्वरेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन्  भने ८ हजार ६ सय ३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार