Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोटमा पहिरोमा हराएका १२ मध्ये ३ जनाको शव भेटियो


    शुक्रबार, असार २६ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौैं । जाजरकोटको बारेकोट गाउँपालिका-४ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये १२ मध्ये तीन जनाको शव भेटिएको छ। पहिरोमा हराएका ९ जना अझै बेपत्ता छन्।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटले पहिरो गएको माटोमुनि ३ जनाको शव देखिएकाले ती शव निकाल्ने काम भइरहेको जानकारी दिएकाे छ ।

    गए रातिको वर्षाका कारण पहिरो जाँदा बारेकोट गाउँपालिका ४ मा २ घर पुरिएका छन्। पहिरोमा बेपत्ता अन्यकाे खोजी कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।

    जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी उद्धारका लागि बारेकोट गएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार