काठमाडाैं । खेलकुद विकास ऐन २०७७ लागू भएसँगै सदस्य सचिव रमेश सिलवाल पदमुक्त भएपछि नयाँ सदस्य सचिव नियुक्तिकाे प्रक्रिया सुरु भएकाे छ ।
यसका लागि युवा तथा खेलकुद मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
मन्त्रालयका सचिव रामप्रसाद थपलीयाको संयोजकत्वमा गठन भएको समितीमा परिषद्बाट रिम रानाभाट र इन्दिरा निरौला सदस्य छन् । निरौला पूर्व भलिबल खेलाडी तथा परिषद्की पुर्व सदस्य समेत हुन् ।
यस्तै रिम रानाभाट परिषदका पूर्व कर्मचारी हुन । सिफारिस समितीले मापदण्ड पूरा भएका एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले त्यो सूचीबाट सदस्य सचिवका लागि उपयुक्त नाम मन्त्रिपरिषद्को बैठकमा सिफारिस गर्ने बताइएकाे छ ।