काठमाडौं । भारत प्रशासित कश्मीरमा भएकाे भारत–पाकिस्तान बीचकाे गोलाबारीमा एक गोर्खा सैनिकको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमले कश्मीरकाे रजौरेस्थित नौसेरा क्षेत्रमा गोलावारी भएको जनाएको छ। बिहीबार राति भएको सो गोलावारीमा सम्बर गुरुङको निधन भएको भारतीय सेनाले जनाएको छ।
उनको स्थायी ठेगाना गुल्मी भएको बताइएको छ। गोलावरीमा घाइते भएका गुरुङको अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको बताइएको छ ।
पछिल्लो समयमा भारत र पाकिस्तानबीच नियन्त्रण रेखा क्षेत्रमा तनाव बढ्दै गएको छ। भारत र पाकिस्तान एकले अर्कोमाथि युद्धविरामको उल्लंघन गरेको आरोप लगाउने गरेका छन्।