काठमाडौं । निरन्तरकाे वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेकाे छ । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएसँगै बाँधमा खतराकाे स्तर उच्च भएकाे छ ।
यतिबेला काेशी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बगिरहेकाे बताइएकाे छ ।
पानीकाे बहाव बढेपनि ब्यारेजका ५६ मध्ये ३८ वटा मात्र ढाेका खोलिएको छ । पानीको बहाव बढेसँगै स्थानीयलाई शतर्कता अपनाउन भनिएकाे छ ।
५ वर्षअघि भारतीय कोशी योजनाले कोशीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिचमतर्फ फर्काएपछि सुरक्षित रहँदै आएको सप्तकोशीको पश्चिमी तटबन्धमाथि अहिले दबाब बढेकाे छ ।
बिहीबारदेखि मुलुकका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भएसँगै पहिरो र बाढीबाट जनधनको क्षति भइरहेको छ ।