Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अख्तियारको सहसचिव बनेर ५० लाख बार्गेनिङ गर्ने ‘युवाज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ


    शुक्रबार, असार २६ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युवाज्योतिष दाबी गर्ने अर्जुन क्षेत्री अख्तियारको सहसचिव हुँ भनेर ५० लाख बार्गेनिङ गर्दागर्दै पक्राउ परेका छन् । अख्तियारको सहसचिव भन्दै ठगीमा संलग्न क्षेत्रीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । क्षेत्रीसहित ९ जनालाई अख्तियारको टोलीले बिहीबार बेलुका पक्राउ गरेको हो ।

    नेपाल बिद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भनेर युवाज्योतिष क्षेत्रीले ४ करोडको बार्गेनिङ थिए । उनीहरुको डिल ५० लाख रुपैयामा मिलेको थियो । डिल मिलिसकेपछि पैसा लिन जाँदा उनीहरुलाई पक्राउ गरिएको स्रोतले बताएको छ । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले क्षेत्री पक्राउबारेमा अनभिज्ञता प्रकट गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार