Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द


    बिहिबार, असार २५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टीसिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

    मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेका छन् ।

    भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको मेगा म्याक्स टिभीका उपाध्यक्ष शर्माले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार