सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नभएको भए देश अस्थिर बन्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णालीका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उनले एमसीसी पारि नभएको भए देश अस्थिर अवस्था जाने भएकाले अन्तिम अवस्थामा एमसीसी पारित गरेको बताएका हुन् ।
एमसीसी परियोजना माओवादीको नेतृत्वको सरकारका बेला सम्झौता भएको र त्यो बेला बाबुराम भट्टराई प्रधानमन्त्री भएको भट्टराईले त्यसबारे जानकारी नगराएको उनले बताए ।
एमसीसी पारित गर्ने विषयमा अहिले गठबन्धन सहमत भए पनि त्यसको रहेको केही बुँदा सच्याउनु पर्ने अवस्था आएको प्रचण्डको भनाई थियो । ‘हामी सबै एमसीसी पास गर्ने पक्षमा थियौं,’ उनले भने, ‘त्यो सम्झौतामा भएको केही बुँदा सच्याउनु पर्छ भन्ने हाम्रो भनाई हो । अहिले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सच्याइएको छ ।’
त्यस्तै, पार्टीको केन्द्रीय महाधिवेशन भएको लामो समयसम्म पदाधिकारी चयन गर्न नसकेको अवस्थामा प्रचण्डले एकल नेतृत्व गर्ने कार्यकर्तालाई संकेत दिएका छन् ।
करिब एक घण्टा एमसीसीका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका प्रचण्डले विगतमा क्रान्तिकारी साथीहरूको कुरा सुन्दा आफू र माओवादी पार्टीले नै क्षति पुगेका कारणले अहिलेका क्रान्तिकारी साथीहरूको पनि कुरा नसुन्ने उनले बताए । ‘२०६४ सालको निर्वाचनपछि माओवादी ठुलो पार्टी बन्यो । मेरो नेतृत्वमा सरकार बन्यो । प्रधानसेनापति रुमाङ्गत कटुवाल प्रधान सेनापति थिए । रक्षामन्त्री रामबहादुर थापा थिए । बाबुराम र रामबहादुर थापाले दायाँबायाँ बसेर प्रधान सेनापतिलाई कारबाही गर भनेर दबाब दिए । उनीहरू त्यो बेला क्रान्तिकारी जस्ता देखिए । म के क्रान्तिकारी हैन भनेर हस्ताक्षर गरेँ ।’ उनले भने,‘उनीहरूको भन्दा लागेर मैले हस्ताक्षर गरेर पाँच वर्षका नै चलाउन पाइने सरकार छाड्नु पर्यो । माओवादी पार्टी छिन्नभिन्न भयो । त्यो बेलाका क्रान्तिकारीहरूको हविगत देख्नु नै भएको छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend