Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाटोमा हिँड्दै गरेकी महिलाको पर्स खोसेर चार लाखभन्दा बढी रकम लुट्ने युवक प्रहरी फन्दामा


    शुक्रबार, फाल्गुन २७ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । एक जना महिलाको चार लाखभन्दा बढी रकम लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हातेपर्स खोसेर चार लाखभन्दा बढी रकम लुटेको आरोपमा दाङको घोराही उपमहानगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा घोराही–१३ की ४८ वर्षीया झुका रोकाको चार लाख ६७ हजार ७ सय २० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरिएको दाङका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार