Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ आइजीपी थापाको किचन क्याविनेट विवादरहित होला ?


    बिहिबार, असार २५ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको २८ औं महानिरीक्षक(आइजीपी)मा शैलेश थापाको नियुक्तिसँगै सचिवालय र प्रहरी प्रधान कार्यालयका प्रबन्ध, कर्मचारी प्रशासनमा उनले कस कसलाई नियुक्त गर्ने हुन् भन्ने कौतुहलता छ । ठाकुरप्रसाद ज्ञवाली ४ महिना २४ दिनका लागि आइजीपी भएका थिए तर थापाको कार्यकाल करिब २२ महिना छ । २ आर्थिक बर्ष उनी प्रहरी प्रमुख कायम रहनेछन् । निर्विवाद छवि कायम गर्दैआएका आइजीपी थापाले प्रबन्ध निर्देशनालयदेखि सचिवालयमा ल्याउने अनुहारहरुको बारेमा चर्चा सुरु भइसकेको छ । उनले सचिवालयमा एसपी सबिन प्रधानलाई ल्याउने चर्चा छ । एसपी रमेश थापा पनि सचिवालयमै अट्नेछन् ।

    शैलेश थापालाई सफल बनाउन मेरुदण्डको रुपमा डीआइजी प्रद्युम्न कार्कीलाई उनले एआइजी बढुवा गरी प्रहरी प्रधान कार्यालयको प्रहरीको खरिद हेर्ने प्रबन्ध निर्देशनालयको डीआइजीमा पुरुषोत्तम कँडेलको नाम लिने गरिन्छ । डीआइजी बढुवामा २ नम्बरमा भए पनि अन्यायमा पारिएका एसएसपी कँडेल हाल आर्थिक प्रशासन महाशाखाका प्रमुख छन् । आइजीपी ठाकुर ज्ञवाली, एआइजी तारिणीप्रसाद लम्साल र डीआइजी सूर्य उपाध्याय पनि अवकाश भएकाले ३ सिट खाली हुँदा कँडेल डीआइजी बढुवा हुनेछन् । उनलाई बढुवा भएपछि प्रबन्धमै पदस्थापन गर्ने योजनामा आइजीपी थापा रहेको बताइन्छ ।

    आइजीपी थापाले आफूलाई आइजीपी बनाउन मिहीन ढंगले लागेका अपराध महाशाखाका एसएसपी दीपक थापासँग पनि महत्वपूर्ण बिषयमा सल्लाह गरेरै अगाडि बढ्ने उनका निकट प्रहरी अधिकृत बताउँछन् । कर्मचारी प्रशासनका जनार्दन जीसी पनि यथावत हुने सूचीभित्रै पर्दछन् । उनका नजिक रहेकाहरुमध्ये सबैभन्दा आर्थिक मामिलामा बदनाम डीएसपी गोविन्द कार्की हुन् । उनी इन्स्पेक्टर हुँदा बनेपा ट्राफिकको प्रमुख थिए । त्यो समयमा चोरीको गाडी निजी प्रयोगमा ल्याएकोमा उनी विवादमा परेका थिए । त्यसयता उनी सिमरा इलाका प्रहरी कार्यालयमा पनि चाँदी प्रकरणमा मुछिएका थिए । झापाकोे काँकडभित्ता नाकामा हुँदा तस्करीमा सेटिङ गरेको सूचना आएपछि उनलाई यसअघिका आइजीपी ज्ञवालीले तानेका थिए । तर हालका आइजीपी थापाले उनलाई चालचलनमा पठाएका हुन् । उनको जागिर अवधि जम्मा ७ महिनामात्र बाँकी छ ।

    शैलेश थापा आइजीपी भएपछि महानगरीय प्रहरी कार्यालयको अबको प्रमुखको रुपमा प्रकाशजंग कार्कीको नाम अहिलेदेखि नै चर्चामा ल्याउन थालिएको छ । महानगरीय आयुक्त कार्यालयका प्रमुख विश्वराज पोखरेलको १ बर्ष आगामी पुसमा पुग्दैछ । यसअघि नै उनी एआइजी हुने चलखेलमा छन् । रिक्त भएका दुई एआइजीका पदमै पर्ने, नपरे एक दरबन्दी थपेर भए पनि बढुवा हुने उनी भगिरथ प्रयत्नमा जुटेका छन् । दुई रिक्त एआइजीमा बरिष्ठताका आधारमा डीआइजीद्वय प्रद्युम्न कार्की र निरजबहादुर शाही दाबेदार हुन् । डीआइजीमा आफ्नो समूहका एसएसपीभन्दा ७ महिनाअघि रकेटको गतिमा बढुवा भएका पोखरेल एआइजीमा पनि आफ्नो समूहकालाई उछिन्ने दाउमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार