Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइनः गृहमन्त्री खाँण


    शुक्रबार, फाल्गुन २७ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने नभएको बताएका छन् । 

    नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारको काम व्यवसायीलाई काम गर्न सहज हुने वातावरण निर्माण गरिदिने रहेको जनाए । 

    ‘तराईदेखि हिमालसम्मको बाटो र पुल निर्माण गर्न विदेशी कम्पनीको आवश्यकता छैन । नेपाली निर्माण व्यवसायी सक्षम बनेका छन्,’ गृहमन्त्री खाँणले भने, ‘सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइन । वातावरण सहज बनाइदिने हो ।’ 

    निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने, विश्वास अझ जनतासामु मुखरित गराउन वातावरण बनाउन वर्तमान सरकार गम्भिर रहेको उनले बताए ।

    ‘निर्माण व्यवसायी देशका धरोधर हुन् । कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्छ,’ उनले भने । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार