Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ७ सय ५२ पुग्यो


    बिहिबार, असार २५ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन हजार ७ सय ५२ जना पुगेको छ।

    हालसम्म प्रदेशमा संक्रमित सात जनाको मृत्यु भएको छ भने नौ सय ९३ जना डिस्चार्ज भएका छन्।

    एक सय जना विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् भने बाँकी स्थानीय तह र घरकै क्वारेन्टिनमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    बिहीबार प्रदेशमा ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी र डडेल्धुरामा भएको परीक्षणमा १६र१६, जना र काठमाडौंमा भएको परीक्षणमा तीन जनामा थप संक्रमण पुष्टि भएको हो।

    सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबभन्दा बढी कैलालीका ९ सय ९४ जना, अछामका ५ सय ९१, बाजुराका ४ सय ४६, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ४२ जना, डडेल्धुराका दुई सय ६९, बैतडीका दुई सय ९७, बझाङका एक सय ५९ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको छ।

    प्रदेशमा २६ हजार ८७ जनाको पिसिआर परीक्षण गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार