काठमाडौं । प्रहरीले निजी सवारीसाधन भाडामा प्रयोग गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका श्यामबहादुर राई र फणिन्द्र पाण्डे छन् ।
काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीका अुनसार राईले आफ्नो स्कोरपियो गाडी भाडामा लिएर चर्को रकम लिइरहेको पाइएको थियो भने पाण्डले ग्राहक खोज्न सहयोग गरेका थिए ।
पक्राउ परेका दुवै जनाविरुद्ध कानुनी कारबाही प्रक्रिया थालिएको केसीले बताए ।