Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • भाेलिदेखि सार्वजनिक सवारीसाधन चल्ने


    बिहिबार, असार २५ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले छाेटाे दूरीकाे सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शुक्रबारदेखि सार्वजनिक यातायात चल्ने जानकारी दिएका हुन्।

    खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको बताएका छन्।

    तर, सार्वजनिक यातायातले यात्रु बसको सिट क्षमता अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर गाडी खुलाउनु पर्नेछ । त्यसक्रममा बसको एक पंक्तिको एउटा सिटमा एकजना मात्रै यात्रु राख्नुपर्नेछ।

    यस्तै सुरक्षाकाे सबै विधि अपनाउनु पर्ने नियम रहेकाे समेत बताइएकाे छ । यात्रु बोक्दा चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्ने र बस चलाइसकेपछि हरेक दिन निसंक्रमणको विधि अपनाउनुपर्ने नियम रहेकाे छ।

    सरकारले ट्याक्सी पनि खुलाउने निर्णय गरेको छ। स्वास्थ्य सुरक्षाका सबै विधि अपनाइ ट्याक्सी सञ्‍चालन गर्नुपर्ने नियम रहेकाे खतिवडाले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार