Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किष्ट अस्पतालका चार बिरामीमा काेराेना संक्रमण


    बिहिबार, असार २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उपचारका लागि अस्पताल पुगेका चार जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । ललितपुरकाे इमाडाेलस्थित किष्ट अस्पताल भर्ना भएका बिरामीमा काेराेना देखिएकाे हाे ।

    पाटन अस्पतालमा गरिएकाे परीक्षणमा उपचारका लागि आएका एक गर्भवतीसहित चार जनामा संक्रमण पुष्टि भएकाे हाे । अस्पतालले ती बिरामीकाे स्वाब संकलन गरी परीक्षणकाे लागि पठाएकाे थियाे । 

    काेराेना पुष्टि भएकाहरुमा गर्भवती महिलाका साथै ११ वर्षिय बालक, एक वृद्ध र एक वृद्धा रहेकाे अस्पतालले जनाएकाे छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकामा पाँच जनामा सक्रमण देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार