काठमाडौं । पछिल्लाे २४ घण्टामा जम्मा ४ हजार ५ सय ८८ जनकाे पीसीआर परीक्षण भएकाेमा कोरोनाका १ सय ८ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
यस्तै गत २४ घण्टामा १ सय ३९ जना कोरोनामुक्त भएका छन्। हालसम्म डिस्चार्ज हुनेकाे संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।
यसअघि असार १५ गतेदेखि दैनिक १५ हजार पीसीआर परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयकाे दावी भएपनि परीक्षणकाे दर साेचे अनुरुप हुने सकेकाे छैन ।