Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढी प्रभावित क्षेत्रमा पुगे सभामुख सापकोटा


    बिहिबार, असार २५ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा बाढी, पहिरो प्रभावित क्षेत्रमा आइपुगेका छन् । बाढी, पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न उनी हेलिकप्टरबाट प्रभावित क्षेत्र आएका हुन् । बाढी, पहिरो प्रभावित क्षेत्र सापकोटाको निर्वाचन क्षेत्र समेत हो ।  

    यसअघि उनी बिहीबार बिहान प्रभावित क्षेत्र आउने प्रयास गरे पनि मौसमले साथ दिएन । काभ्रेको धुलिखेलबाट उनी चढेको हेलिकप्टर फर्केको थियो ।  

    मौसममा सुधार आएपछि सभामुख सापकोटा दोस्रो प्रयासमा प्रभावित क्षेत्र आएका हुन् । गएरातिको अबिरल बर्खासँगै स्थानीय खहरे खोल्सी उर्लेर बाढी, पहिरो निम्त्याउँदा बाह्रविसे नगरपालिका–३ को खागदल, बाह्रविसे–५ को जम्बु र भोटेकोसी गाउँपालिका–५ को बुल्कुटीका ३३ घर बगाउँदा दुई जनाको ज्यान गएको थियो । ६ घाइते भएका थिए । पहिरोमा अझै २० बेपत्ता छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार