मंगलबार सुनकाे मूल्य प्रतितोला ७ सयले बढ्दै ९० हजार ९ सयमा कारोबार भएको थियो । बुधबार ६ सय बढेपछि सुनकाे मूल्य ९१ हजार ५ सय पुगेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय ६५ मा कारोबार भइरहेको छ । यस्तै चाँदी आज ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा समेत आज २५ रुपैयाँ बढेको छ ।