ललितपुर । महालक्ष्मी नगरपालिकाभित्रका वडा ७, ८ र ९ मा लकडाउन कडा गरिने भएको छ । नगरपालिकाको ८ नम्बर वडामा कोरोना संक्रमितहरुको संख्या वृद्धि हुदैं गएपछि नगरवासीमा थप संक्रमण फैलिन नदिन बन्दाबन्दीलाई कडा पार्न लागिएको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताउनु भएकोछ ।
कोरोना भाइरस संक्रमणबाट बच्न नगरपालिकाले आज असार २५ गते बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्मका लागि औषधी पसल, खाद्यपसल र अत्यावश्यक सेवाबाहेकका अरु ब्यबसाय बन्द गर्न वडा ७, ८ र ९ का वासीन्दालाई आग्रह गरेकोछ । अति आवश्यक काममा घर बाहिर निस्किनु पर्ने भएमा पनि माक्स प्रयोग गर्न र कम्तिमा १ मिटरको दुरी कायम गर्न आग्रह गरिएकोछ ।
