काठमाडौं । जुरे पहिरो, विनाशकारी भूकम्पपछि सिन्धुलाल्चोकमा बुधबार राति अर्को प्राकृतिक विपत्ति आएको छ । बुधबार रातिको अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग वरपरका गाउँहरुमा ठूलो धनजनको क्षति भएको छ । अबिरल बर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा बाढीले बाह्रबिसे नगरपालिकास्थित गातीको जम्बु बजार बगाएको छ ।
मध्यरातमा आएको बाढीबाट सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी नदी किनारका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिकाका बस्तीहरु कटान भई धनजनको ठूलो क्षति पुगेको छ । बाह्रबिसेको जम्बु बजारमा आएको बाढीले पुलसहित बजार डुबेको छ ।
बाढीले १४ घरका ११ जना बेपत्ता भएकोमा २ जनाको सब फेलापरेको छ । जम्बु निवासी २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव स्थानीयले फेला पारेका छन् । अझै ९ जना बेपत्ता रहेका छन् ।
फोटोः दीपक अर्यालको फेसबुकबाट