Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्नेछौँ – स्वास्थ्य मन्त्रालय


    बुधबार, असार २४ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहहरूलाई शुल्क माग गरेको बताउँदै त्यसो गरे कारबाही गरिने जनाएका छन्।

    उनले सबै कोभिड-१९ सम्बन्धी परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेको बताए।

    अहिले उपत्यकाका तीन वटा सरकारी अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्ने सुविधा छ। जसमा वीर, टिचिङ र पाटन अस्पताल छन्।

    यी अस्पतालहरूले स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिलाई शुल्क लिएर परीक्षण गर्न पाउँछन्। जसको लागि मन्त्रालयले परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ।

    अहिले यी तीन वटा अस्पतालबाट ५ सय बढी व्यक्तिले शुल्क तिरेर परीक्षण गराएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार