Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुधबार थपिए २५५ जना कोरोना संक्रमित


    बुधबार, असार २४ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको कूल संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

    त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

    हालसम्म देशभरका क्वरेन्टिनमा २५ हजार २० जना रहेका छन्  भने ८  हजार ६३६  जना कोरोना संक्रमित आइसोलेसनमा छन् । 

    हालसम्म देशभर दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६९६ पीसीआर परीक्षण गरिएको छ ।

    पीसीआर परीक्षणको दर हेर्दा नेपाल अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारतभन्दा अगाडि रहेको छ । कोरोना संक्रमणबाट प्रत्येक १० लाखमा हुने मृत्युदर पनि नेपालमा  बंगलादेश, भारत, अफगानिस्तान, श्रीलंकाभन्दा कम रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार